ढल्केवर, धनुषा
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस धनुषास्थित मिथिला नगरपालिकाको मेयरको टिकट पाएका महेन्द्र महतोले मनोनयन दर्ता गराएका छन् ।
सोमबार दिउँसो ढल्केवरस्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
महतोसँगै उपमेयरमा नेपाली काँग्रेसबाट उपमेयरको टिकट पाएकी निर्मला कोइरालाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
नेपाली काँग्रेसका कार्यकर्ता दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पुगेका थिए । नेपाली काँग्रेसका कार्यकर्ताको तर्फबाट नगरपालिकाको ११ वटै वडाको वडा अध्यक्ष र सदस्य पदमा समेत उम्मेदवारी दिएको नेपाली काँग्रेस मिथिला नगरपालिकाका नगर सभापति जोगी महतोले बताए ।