बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि आक्रमण, तीन जना गम्भीर घाइते

|

ढल्केवर, धनुषा

महोत्तरीको बर्दिवास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि निर्घात आक्रमण भएको छ ।
प्राप्त जानकारीअनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबासतर्फ मत पेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि बर्दिबासका मेयर बिदुरकुमार कार्कीको आफन्तहरुले निर्घात कुटपिट गरेको हो ।

कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षिय रोशन यादव, २२ वर्षिय रन्जित यादव र १७ वर्षिय सुनिलकुमार यादव घाइते भएको बताइएको छ । घाइतेहरुलाई तत्काल धनुषाको लालगढस्थित मोडेल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याइएको छ ।

स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको समर्थकहरुलाई कुटपिट गर्नेमा बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीको नाति सरोज कार्की, मुकेश कार्कीक र शेखर कार्कीलगायत आफन्तहरु रहेको बुझिएको छ । कुटपिटमा संलग्नहरुलाई पक्राउ गर्न खोजि तथा अनुसन्धान कार्यमा जुटेको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।