
ढल्केवर, धनुषा
सवारी दुर्घटनामा परी धनुषाको ढल्केवरमा एक युवकको मृत्यु भएको छ । मिथिला नगरपालिका–६, ढल्केवरस्थित हेल्थपोष्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षिय अमरेन्द्र महतोको मृत्यु भएको हो ।
बुधबार राती १० बजे पूर्वबाट काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछि–पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल कोक्किएको थियो । बसमा ठक्कर खाएको मोटरसाइकल अनियन्त्रत भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत कोक्किन पुगेपछि मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।
घाइते मोटरसाइकल चालक महतोको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए । दुर्घटनासँग जोडिएका बस, हाइस र मोटरसाइकल प्रहरी नियन्त्रणमा राखिएको उनले जानकारी दिए ।