
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ ६ बजे मिथिला नगरपालिका–६, का रामकुमार सिंहको एक वर्षीया छोरा आरभकुमार सिंहको आफ्नै तीन तला घरबाट खसेर मृत्यु भएको हो ।
खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर खसेको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभयो ।
मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो ।
मृतक बालक मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोको नाती हुन् । उहाँको घरमा अहिले रुवाबासी चलेको छ ।