गणेशमान चारनाथ नगरपालिमा ३२८ परिवारलाई लालपुर्जा वितरण

|

गोदार, धनुषा ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, का ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । शनिबार गोदारमा एक कार्यक्रमबिच नापी कार्यालय धनुषाले लालपुर्जा वितरण गरेको हो ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश साहले साबिक तल्लो गोदार गाविस वडा नम्बर ३,४,५ र ६ मा वर्षौँदेखि गाउँब्लक जमिन भोगचलन गर्दैआएका परिवारलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो । उहाँले गाउँब्लक जग्गाको नापनक्सा तथा सबै कानुनी प्रक्रिया पुरा गरी लालपुर्जा वितरण गरिएको बताउँदै लालपुर्जा प्राप्तिपछि ती परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको स्वामित्व प्राप्तिका लागि वडाध्यक्षको लामो सङ्घर्ष र कर्मचारीको निरन्तर प्रयासको कारण लालपुर्जा वितरण सम्भव भएको बताउनुभयो ।

लालपुर्जा प्राप्त गरेका स्थानीयवासीले लामो समयदेखि भोजचलन गर्दै आएको जग्गामा कानुनी अधिकार प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । त्यस अवसरमा गणेशमान चारनाथ नगरपालिका–६, का वडाध्यक्ष रञ्जितकुमार साह, नापी कार्यालय धनुषाका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थिया