मिथिला नपा : मेयर पदमा विनोदको पनि उम्मेदवारी

|

ढल्केवर, धनुषा

आसन्न स्थानीय तहको निर्वाचनमा धनुषास्थित मिथिला नगरपालिकाको मेयर पदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विनोदकुमार महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मिथिला नगरपालिका–५ विश्रामपुरका स्थायी वासिन्दा महतो पार्टीको तर्फबाट यस पालिकामा उम्मेदवारी दिने एक्लो उम्मेदवार हुन् ।