मिथिला नगरपालिकामा मेयरमा २४ र उपमेयरमा १४ जनाको उम्मेदवारी

|

ढल्केवर, धनुषा

अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत धनुषास्थित मिथिला नगरपालिकाको मेयर पदमा २४ जना र उपमेयर पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

मिथिला नगरपालिकाको मुख्य निर्वाचन अधिकृत दिपक धितालका अनुसार मेयर पदमा ११ जना राजनीदिक दलबाट र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दिएको छ । यस्तै उपमेयरमा नौजना राजनीतिक दलबाट बाँक पाँच जना स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको छ ।

नेपाली काँग्रेसबाट मेयरमा महेन्द्र महतो र उपमेयरमा निर्मला कोइराला, नेकपा एमालेबाट मेयरमा राजाराम र उपमेयरमा सुनिता थापा, नेकपा माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा विमला अधिकारी, जनता समाजवादी पार्टी नेपालबाटबाट मेयरमा चन्देश्वर महतो र उपमेयरमा मनुमाया मोक्तान, नेकपा एकीकृत समाजवादीबाट मेयरमा सुर्यप्रसाद पुडासैनी र उपमेयरमा कविता कुमारी सिन्हा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा जनक कुमार कार्की र उपमेयरमा बविता सुवेदी, नेपाल लोकतान्त्रि पार्टीबाट मेयरमा काठी महतो, उपमेयरमा उर्मिला देवी, जनमत पार्टीबाट मेयरमा सरोजकुमार सिंह र उपमेयरमा रन्जुकुमारी सिंहले मनोनयन दर्ता गराएको छ ।

यसैगरी राजनीतिक दलबाट मेयर पदमा मात्रै उम्मेदवारी दर्ता गराएकाहरुमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा राजकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजकुमार महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मेयरमा विनोद कुमार महतो रहेका छन् ।
यस्तै स्वतन्त्रबाट हरिनारायण महतो, जयलाल पाख्रिन तामाङ्ग, रामऔतार चौधरी, रामसेवक दास, कोशिल्या कुमारी महतो, नन्दलाल महतो कोइरी, दान विक्रम थापा, श्यामसुन्दर सिंह, रामसागर महतो, हुकुमदेव महतो, विपुल कुमार महतो, मनोज कुमार महतो र जिवछ धुनिया रहेको छ ।

त्यसैगरी, नेपाल सद्भावना पार्टीबाट उपमेयरमा सुनिता देवी महतो गरी स्वतन्त्र उपमेयर पदमा टिका बहादुर भण्डारी क्षेत्री, कल्पना कुमारी पोखरेल, माधव प्रसाद दाहाल र डिल्ली बहादुर घिमिरे क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।