जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले गरे आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

|

जनकपुरधामका निवर्तमान मेयर तथा जसपाबाट मेयरका प्रत्यासी लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।

बुधबार बिहान पत्रकार सम्मेलन आयोजन गरी उनले आफ्नो कार्यकालमा गरेको कामले जनकपुरधाममा थुप्रै परिवर्तन भएको दावी गरेका हुन् ।
जनकपुरधाममा सरसफाइमा परिर्तन, एडिबी परियोजना अन्तर्गतका अलपत्र परेका कामहरुमा समन्वयकारी भूमिका, बाटोघाटो, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थय क्षेत्रमा फड्को मारेको दावी गरे ।

साह पाँचदलीय गठबन्धनबाट जसापाका मेयर उम्मेदवार लालकिशोर साह र गठबन्धनकै काँग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साहले अगामी एजेण्डा समेत प्रस्तुत गरेका छन् ।