ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा कौशिल्याकुमारी महतो मेयर पदमा उम्मेदवारी दिने एक्लो महिना बन्नुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार ढल्केवरस्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्रबाट मेयरका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
निर्वाचन अधिकृत दिपक धितालका अनुसार मेयर पदमा उम्मेदवारी दिने कौशिल्या एक्लो महिला रहेको बताउनुभयो । विभिन्न राजनीतिक दलबाट ११ जना र स्वतन्त्रबाट गरी जम्मा २४ जनाले मेयर पदका उम्मेदवारमध्ये एकजना मात्र महिला रहेको अधिकृत धितालले जानकारी दिनुभयो ।
स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएकी कौशिल्याले विभन्न राजनीतिक दलबाट मेयरको टिकट पाउने आश्वासन पाएको भएपनि अन्तिम समयमा आएर टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो । उहाँले मेरो उम्मेदवारी महिला सशक्तीकरण नै मेरो प्रमुख मुद्दा भएको जानकारी दिए ।
महिला हिंसा, सामाजिक विभेद र महिलालाई आर्थिक रूपमा सक्षम एवं प्रविधिमैत्री बनाउन आफू प्रतिबद्ध रहेको कौशिल्याले जानकारी गराउनुभयो । संविधानमै उल्लेख गरिएको समान अधिकार व्यवहारिक रूपमा कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै उहाँले यसको पूर्ण कार्यान्वयनका लागि जोड दिइने प्रतिबद्धता जनाउनुभयो ।
यसलगायत नगरपालिकाको केन्द्रमै भएको खानेपानी समस्याको समाधानलगायत विकासका प्रद्धिबद्धता उहाँले जनाउनुभएको छ ।