ढल्केवरमा नबिल बैंकको नयाँ शाखा उद्घाटन

|

ढल्केवर, धनुषा

नबिल बैंक लिमिटेडले धनुषाको ढल्केवरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १४३ औं शाखा यहाँ सञ्चालनमा ल्याएको हो ।
बिहिबार एक समारोहबीच नेपाल राष्ट्रिय बैंक जनकपुरका निर्देशक निरा ताल्चाभडेल सो बैंकको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा ढल्केवर शाखाका प्रमुख धिरज चौरसियाले बैंकले साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोनलगायतका सेवाको माध्यमबाट ढल्केवर क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नबिल बैंक लिमिटेडका प्रमुख व्यापार अधिकारी ज्ञानेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्रिभूवन विश्वविद्यालय नेपालका पूर्व सभासद डा. राजेन्द्र ठाकुर, नबिल बैंकका जनकपुरका कलस्टर समिर श्रेष्ठलगायत स्थानीय व्यापारीहरुको उपस्थिति थियो ।