वृद्ध पितासँग आर्शिवाद लिँदै राजारामले शुरु गरे घरदैलो अभियान

|

ढल्केवर, धनुषा

धनुषास्थित मिथिला नगरपालिकाको मेयर पदका प्रत्यासी उम्मेदवार राजाराम महतोले वृद्ध पितासँग विजयी प्राप्तीको आशिर्वाद लिँदै शनिबारबाट घरदैलो अभियान शुरु गरेका छन् । नेकपा एमालेबाट मिथिला नगरपालिकाको मेयरको टिकट पाएर उम्मेदवार बनेका राजारामले ७५ वर्षीय वृद्ध पितासँग आर्शिवाद लिँदै जनतासँग मत माग्न घरदैलो अभियान शुरु गरेका हुन् । उनलाई वृद्ध आमा दुर्गादेवी महतोले पनि विजयीको आर्शिवाद दिए ।

श्रीमति रामकुमारी महतोले विजयी सुनिश्चिताका कामना गर्दै राजारामलाई रातो अबिर लगाई दिए । राजारामले मिथिला नगरपालिका वडा नं. १ स्थित गाउँको घरबाट घरदैलो अभियान शुरु गरका छन् । अभियानको पहिलो दिन उनले वडा नं. १ मै घरदैलो कार्यक्रम गरे ।

घरदैलो कार्यक्रममा एमालेबाट उपमेयरका उम्मेदवार सुनिता सिंह बुढाथोकी, सोही पार्टीबाट वडा नं. १ का वडा अध्यक्षको उम्मेदवार लक्ष्मी महतो, वडा सदस्यका उम्मेदवारलगायत पार्टीको नेता तथा कार्यकर्ताको सहभागिता थियो ।