मिथिलामा काँग्रेसको जित सुनिश्चित छ : सहमहामन्त्री यादव

|

ढल्केवर, धनुषा

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले धनुषाको मिथिला नगरपालिकामा यसपाली सबै तहमा काँग्रेसले चुनाव जित्ने बताए । जिल्लाको मिथिला नगरपालिका वडा नं. १ मा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले यस पटक यो नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्म काँग्रेसका उम्मेदवारले जित्ने दावी गरे ।

गएको चुनावहरुमा नेपाली काँग्रेसका कार्यकर्ताहरु आफैमा एकमत नहुँदा चुनावमा पराजय व्यहोर्दै आएको स्मरण गर्दै सहमहामन्त्री यादवले भने यस यसपाली विपक्षी पार्टीहरु नै तिररबितर रहेको र नेकाँका कार्यकता एकजुट भएर चुनावमा होमिएकाले काँग्रेसको जित सुनिश्चित रहेको दावी गरे ।

भेलालाई सम्बोधन गर्दै उनले विपक्षी पार्टी एमलोबाट मेयरको उम्मेदवार बनेका राजारामलाई इङ्गित गर्दै भने, राजाराम एउटा जग्गा व्यापारी हो । जग्गा व्यापारमा घाटा लागेपछि घाटा पुर्ति गर्न मेयर बन्न तरखर गरेका हुन् । जोसँग विकासको भिजन छैन, राजनीतिक भिजन छैन त्यो मान्छे मेयरमा जितेर के गर्छ भन्दै प्रश्न गरे ।

सम्बोधनकै क्रममा सहमहामन्त्री यादवले वृद्धभत्ता पाउने उमेर सरकारले घटाउन लागेको जानकारी दिए । उनले हाल ७० वर्षमा पाउँदै आएको वृद्धभत्ता अबको सरकार ६५ वर्षबाटै दिने तयारी गरिरहेको भने । उनले नागरिकता समस्या पनि छिटै समाधान हुँदै बताउँदै एमालेकै कारण नागरिकता पाउने प्रक्रिया रोकिएको जानकारी दिए ।


भेलामा नेपाली काँग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतो, मिथिला नगरपालिका वडा नं. १ नेपाली काँग्रेसका उम्मेदवार तथा नगर सभापति जोगी महतोलगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

मिथिला नगरपालिकामा काँग्रेसबाट मेयरमा महेन्द्र महतो, उपमेयर निर्मला कोइरालासहित पालिकाको ११ वटै वडामा वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवारी दिइएको छ ।