
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसले आइतबारबाट घरदैलो कार्यक्रम शुरु गरेको छ । नेपाली काँग्रेसले मिथिला नगरपालिकाको वडा नं. ४ पुष्पवलपुरबाट घरदैलो कार्यक्रम शुरु गरेको हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो, उपमेयर पदका उम्मेदवार निर्मला कोइराला र वडा नं. ४ का उम्मेदवार चन्द्रबहादुर बुलन लगायत वडा सदस्य पदका उम्मेदवारको घरदैलो कार्यक्रममा सहभागिता रहेको छ ।
तथा पार्टीका स्थानीय नेताकार्यकर्ताको घरदैलो कार्यक्रममा जिल्ला, नगर तथा स्थानीय नेताकार्यकर्ता उत्साहजनक उपस्थिति रहेको छ ।