
ढल्केवर, धनुषा
नेपाली काँग्रेसबाट धनुषाको मिथिला नगरपालिकाका प्रत्यासी नगरप्रमुख महेन्द्र महतोले भ्रष्टाचाररहित समाजको निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता रहने वताएका छन ।
भ्रष्टाचाररहित समाजको निर्माणले मिथिला नगरपालिकाको समृद्धिमा नयाँ युगको आरम्भ हुने बताउदै युवा सहभागिता, स्वरोजगार र रोजगारलाई पनि प्राथमिकतामा राखिने महतोले भने ।
आइतबार पुष्पवलपुरमा घरदैलो अभियानको सुरुवात गर्नुअघि पत्रकारसँग कुरा गर्दै महतोले मिथिला नगरपालिकालाई समुन्नत र समृद्ध नगरपालिका निर्माणमा थुप्रै आधार तयार गर्न बाँकी रहेको आंैल्याए ।
मिथिला नगरपालिकालाई धार्मिक नगरीदेखी पर्यटन बिकाशलाई समृद्धिसँग जोडेर देशकै नमुना नगर बनाउने हामी सपना मात्रै हैन हकिकतमै योजना बनाएर अगाडि बढ्ने बताए । उनले नदी दोहन नगरभित्रको ठूलो समस्या बनेको बताउँदै क्रसर उधोगहरुलाई व्यवस्थित गर्नेदेखि उत्खनन र दोहनलाई उन्मुलन गर्ने जानकारी दिए ।
समृद्धिको आधार कृषि पनि भएकाले कृषिबाट नै समृद्धिको यात्रा तय गर्ने पनि महतोले भने । उनले सकारात्मक, नकारात्मक बिषयहरुको समीक्षा गरेर नयाँ ढङगले प्रस्तुत हुनुपर्ने जानकारी दिए ।
निस्वार्थी नेताको रुपमा आफ्नो परिचय बनाएका महतोले स्थानिय सरकारमा निर्वाचित भएर काम पनि निस्वार्थी ढङगले गर्ने भने ।
शिक्षाा, स्वास्थ्य जस्ता क्षेत्रमा गहन योजनासहित सुन्दर, समृद्ध, सु–सस्कृत समाजको निर्माण गर्दै सान्त सहरको रुपमा विकास गरिने योजना रहेको महतोले भनाइ राखे ।