पार्टीका उम्मेवारलाई चुनावमा सघाउन नेकाँका केन्द्रीय नेताहरु घरदैलो अभियानमा

|

ढल्केवर, धनुषा

पार्टीका उम्मेदवारहरुलाई चुनावमा सघाउन नेपाली काँग्रेसका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरु सक्रिय भएका छन् । वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जित दिलाउन उनीहरु सक्रिय देखिएका हुन् ।

मंगलबार धनुषाको मिथिला नगरपालिकामा–१ मा पार्टीका उम्मेदवाहरुले जनतासँग मत माग्न आयोजना गरेको घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन, प्रदेश सदस्य गुद्दर यादव र पूर्व जिल्ला उपसभापति सन्तोष यादवसहितका नेताहरु मत सक्रिय देखिए । । उनीहरु नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवाहरुलाई चुनावमा जित दिलाउन मतदातासँग मत माग्दै हिँड्का थिए ।

नेपाली काँग्रेसले मिथिला नगरपालिका वडा नं. १ मा घरदैलो कार्यक्रमको आयोजना गरेका थिए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसबाट मिथिला नगरपालिकाको मेयरका उम्मेदवार महेन्द्र महतो, उपमेयरका उम्मेदवार निर्मला कोइरला, वडा अध्यक्षका उम्मेदवार जोगी महतो र वडा सदस्यका उम्मेदवारलगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।