समर्थकसहित चुनावी माहोलमा मेयर उम्मेदवार राजाराम

|

ढल्केवर, धनुषा

धनुषा जिल्लाको मिथिला नगरपालिकामा स्थानीय तहको चुनावी सरगर्मी निकै बढेको छ । सबैजसो पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावमा आ–आफ्नो एजेण्डासहित जनतामाझ घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् ।

यसै क्रममा मिथिला नगरपालिकाको नेकपा एमालेबाट मेयरका उम्मेदवार राजाराम महतो, उपमेयर सुनिता सिंह बुढाथोकीलगायत वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरु जनताको समर्थन पाउन चुनावी माहोलमा होमिएका छन् ।

नेकपा एमालेले मंगलबार मिथिला नगरपालिका वडा न ९ मा मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यसहितको टोलीले घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा समर्थकको उत्साहजनक सहभागिता थियो । उम्मेदवारहरु घरदैलो कार्यक्रमलाई तीव्रता दिएका बेला जनता उत्साहित देखिएका छन् ।

मेयर पदका उम्मेदवार राजारामले जनताले विजयी बनाए नगरपालिकाको सम्पूण विकास गर्न आफू प्रतिवद्ध रहेको बताए ।