
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले पार्टीले घरदैलो अभियानलाई तीव्र पारेको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार राजाराम महतोसहित सम्पूण उम्मेदवारलाई विजयी बनाउनका लागि घरदैलो अभियानलाई तीव्र पारिएको हो ।
घरदैलो कार्यक्रमअन्तर्गत एमालेबाट मेयरका उम्मेदवार राजारामसहित सम्पूण उम्मेदवारले बुधबार मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरमा घरदैलो गर्दैछ ।
घरदैलो कार्यक्रममा एमालेबाट मेयरका उम्मेदवार राजाराम, उपमेयरका उम्मेदवार सुनिता सिंह बुढाथोकी, वडा अध्यक्षका उम्मेदवार भरतलाल महतो, सदस्य सञ्जयकुमार महतो, सदस्य प्रेमबहादुर भुजेल, दलित महिला सदस्य पवनदेवी महरा र महिला सदस्य रितादेवी सिंह लगायत पार्टीका नेताकार्यकर्ता तथा समर्थकहरुको उत्साहजनक सहभागिता रहेको छ ।
उम्मेदवारहरुले प्रत्येक मतदाताको घर–घरमा गएर एमालेमा मतदात गर्न आग्रह गरेका छन् ।