एमाले बटेश्वर गाउँपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक

|

ढल्केवर, धनुषा

नेकपा एमालेबाट धनुषास्थित बटेश्वर गाउँपालिकाको प्रत्यासी अध्यक्ष श्यामबाबू महतोले स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । उनले सोमबार पत्रकार सम्मेलन गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रत्यासी अध्यक्ष महतोले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १६ वटा बुँदा समेटको छ ।

बटेश्वर गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिएको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता अव घरघरमा पुर्याउन उद्घोष गरेर जेष्ठ नागरिकहरुको भावनालाई सम्बोधन गरेको छ ।
विस्तृत पेजमा …