
महेन्द्रनगर, धनुषा
नेकपा एकीकृत समाजवादीबाट धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको प्रत्यासी मेयर शिवशंकर प्रसाद सिंहले अपवाहको पछि नलाग्न नगरवासीसँग आग्रह गरेको छ ।
प्रत्यासी मेयर सिंहले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मलेनको आयोजना गररे नगरवासीलाई अपवाहको पछि नलाग्ने अनुरोध गरेको हो ।
पत्रकार सम्मलेनमा प्रत्यासी मेयर सिंहले आफू अरु पार्टीका उम्मेदवारलाई समर्थन गरेको भनेर केही तत्वले गलत हल्ला फैलाएको बताए । उनले भने, आफू चुनावी मैदानमै रहेको र मतदातासँग मत माग्न घरदैलो अभियान जारी रहेको भन्दै कसैलाई पनि समर्थन नगरेको प्रष्ट पारे ।
सोही पत्रकार सम्मेलनमा प्रत्यासी मेयर सिंहले आफ्नो चुनावी प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरे ।
उनले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य २६ वटा बुँदा समेटको छ ।
क्षीरेश्वरनाथ नगरपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिएको छ ।
विस्तृत पेजमा भिडियोमा …