नेपाली काँग्रेस मिथिलाको प्रतिवद्धता सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र युवालाई विषेश प्राथमिकता

|

ढल्केवर, धनुषा
धनुषास्थित मिथिला नगरपालिकाको नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार महेन्द्र महतोले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नगर विकासका लागि आवश्यक हरेक क्षेत्रका विषयलाई समेटेर नगर प्रमुख पदका उम्मेदवार महतोले २९ बुँदाको प्रतिवद्धता पत्र सोमबार सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिवद्धता पत्रमा मिथिला नगरपालिकाको शिक्षामा सुधार, गुणस्तरीय स्वास्थ्य सुविधा, कृषिमा आधुनिकीकरणदेखि यावत् विषयलाई विषेश प्राथमिकतामा राखिएको छ ।

प्रतिवद्धता पत्रमा पर्यावरणमा हरित नगरपालिका, उधोग व्यवसायलाई करमा सहुलियत, सार्वजानिक निजी साझेदारमा लगानी आकर्षण गर्ने नीति अवलम्वन गरिने उल्लेख छ ।

यसैगरी, प्रतिवद्धता पत्रमा शिक्षा र सीपमूलक तालिमको अवसर, रोजगारीमा समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक एवं समावेशीसहितको विकास, सुशासन तथा लेखा समितिमार्फत वित्तिय अनुशासन कायम, विद्यालय शिक्षालाई शिक्षा ऐन नियम बमोजिम अझ प्रभावकारी र गुणस्तरीय बनाईने, स्नातक तह सम्मको पठनपाठनको व्यवस्थाका लागि पहल गर्ने, विद्यार्थी संख्याको अधारमा विद्यालयमा विषय गत शिक्षक उपलव्ध गराईने, परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने नगर भित्रका २ छात्र २ छात्रालाई प्रोत्साहन छात्रवृद्धीको व्यवस्था, स्थानीय तहको सम्पूर्ण बजेटको २०% बजेट शिक्षामा लगानी गर्ने, वैदेशीक रोजगारीमा जाने प्रत्येक युवाको १० लाख रुपियाँको नगरपालिकाको तर्फबाट बिमा गरिदिने उल्लेख छ ।

मिथिला नगर अस्पतालमा अनिवार्य एमबीबीएस डाक्टरको दरवन्दी श्रृजना गरी स्वास्थ्य सेवालाई भरपर्दो सुलभ बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

ग्रामिण कृषि सडकलाई ५ बर्ष भित्र पुर्णरुपले पक्की बनाईने, खानेपानी सिचाई, इनार, वोरिङ्ग अवश्यकता अनुसार उचित व्यवस्था गरिने, अति विपन्न परिवारलाई निःशुल्क रुपमा उपचार, व्यवस्थीत सहरीकरण, सडक, ढलको निर्माण र मर्मत, सडक वस्तीको पुर्ण व्यवस्था गरिने, भ्रष्टाचार पुर्ण रुपमा निस्तेज पारिने, प्रकृतिक स्रोतको प्रयोग उतखन्नलाई पुर्ण रुपले मनव मैत्री, वतावरण मैत्री बनाई वैज्ञानिक रुपले परिचालन गरिने, कृषि मल, विउ विजनको सहज उपलब्धताका लागि नगरले जिम्मा लिने, भुमि सम्बंधी समस्या समाधान गर्न तत्काल पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै कृषी प्रयोजनका लागि सडक तथा विद्युतिकरणको व्यवस्था गरिने, पर्यटन प्रवद्धनका लागी विशेष योजना तयार गरिने, सहकारीको विकासलाई उच्च प्राथमिकतामा राखिने, आवश्कता अनुसार नगरका विभिन्न भागमा सार्वजनिक शौचालय निर्माण गर्न र सरसफाईलाई निरन्तरता प्रदान गरिने महतोले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।