
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकाको नेपाली काँग्रेसका कार्यकर्ता नेपाली काँग्रेसलाई जिताउने अभियानमा लागेका छन् ।
धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ता धेरै वर्षपछि एकजुट देखिएको छ । काँग्रेसी कार्यकर्ता एकजुट भएकै कारण मिथिला नगरपालिकामा काँग्रेस बलियो स्थितिमा रहेको अनुमान मिथिलावासीको छ ।
नेपाली काँग्रेसबाट मिथिला नगरपालिकाको उम्मेदवार महेन्द्र महतोसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई जिताउन टिकटका आकांक्षीहरु पनि लागिपरेको देखिन्छ ।
मिथिला नगरपालिकामा नेपाली काँग्रेसबाट राजलाल महतो, बुधेशवर महतो, महेन्द्र महतो राजकुमार महतो र समिर घिमिरे गरी पाँच जना आकांक्षी थिए । त्यसमध्ये पार्टीले महेन्द्र महतोलाई मेयरको टिकट प्रदान गरेको छ । उनी चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रम समाप्त गरेर कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । उनलाई सघाउन मेयरका आकांक्षी बुधेश्वर, राजलाल, राजकुमार र घिमिरे लागिपरेका छन् ।
नेपाली काँग्रेसबाट मेयरका आकांक्षी बुधेश्वर, राजलाल, राजकुमार र घिमिरे भन्छन्, यसपाली नेपाली काँग्रेसलाई जसरी पनि जिताउँछु ।
यता, धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेका प्रत्यासी मेयर उम्मेदवार महेन्द्र महतोले नगरवासीले नगरपालिकामा काँग्रेसको नेतृत्वको सरकार चाहेको बताएका छन् । उनले यसपालिको नतिजा काँग्रेसको पक्षमा आउने दावीसमेत गरे ।
गत स्थानीय तहको निर्वाचनमा काँग्रेसको मत विभाजन हुँदा काँग्रेसले चुनावमा पराजय भोगेको थियो । तर यस पटक स्थिति फेरिएको छ । सबै काँग्रेसी एक ढिक्का भएको मेयर उम्मेदवार महतोले भने ।
मिथिला नगरपालिका काँग्रेसको गढ हो । काँग्रेसको मत काँग्रेसमै जाँदा अरुले जित्न सक्दैन उनको दावी छ । विगतका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको भन्दै मेयर उम्मेदवार महतोले भने आफू जितेमा समग्र नगरपालिकाको विकास गर्ने बताए ।
आफू निर्वाचित भए नगरपालिकालाई स्मार्ट सिटी बनाउने, यहाँका किसानका लागि समयमै मलखाद र सिँचाइको व्यवस्था गर्ने, युवालाई विदेश जानबाट रोकेर यहीँ रोजगार सृजना गर्ने उनले जानकारी दिए ।
अन्य दलको नेतृत्वको स्थानीय सरकारको काम हेरिसकेका नगरवासीले अव काँग्रेसको नेतृत्वको सरकार हेर्न नगरवासीलाई आफूसहित सवै उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।
थप भिडियोमा ….