ढल्केवर, धनुषा
धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार डाक्टर किरण यादवको पक्षमा बाक्लो मतदाता रहेको बुझिएको छ ।
नेकपा एसबाट उम्मेदवार बनेकी यादव पेशाले बरिष्ठ महिला तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी जनकपुरस्थित रहेको समर अस्पतालका सञ्चालकसमेत हुन् । उनको पक्षमा बाक्लो जनाधिकार रहेको लक्ष्मिनियावासीको अनुमान छ ।
उम्मेदवारी चयनमा बायपास गरेको भन्दै राजनीतिक दलहरुले आक्षेप खेप्दै आएका बेला नेकपा एसले भने लक्ष्मिनियाँ गाउँपालिकामा महिलालाई प्रमुख पदमा अघि सारेको छ । राजनीतिक जिवनमा हालसम्म कुनै सार्वजानिक आक्षेप नलागेकी निष्ठावान नेतृ हुन् ।
प्रमुख पद पाएदेखि डाक्टर यादव चुनावी प्रचारप्रसार, घरदैलो र सभा सम्मेलनमा एजेण्डासहितको सम्बोधनमा व्यस्त रहदै आएकी छन् । महिलाहरुले दोस्रो तहमा चित्त बुझाइ रहनुपरेका बेला आफुले प्रमुख पद पाएकामा उनी खुसी छन् । तर महिला भएकै कारण अनेक चुनौतीहरु आइपर्ने गरेको डाक्टर यादव सुनाइन् ।
‘समाज सचेत बन्दै गएपनि बुझेर बुझ पचाउनेहरु धेरै छन्, महिलालाई अंकुश लाउन खोज्नेहरु छन्, यस्ता चुनौतीलाई चिरेर अन्य दलका पुरुष प्रतिस्पर्धिसंग लड्नलाई चुनावी प्रचारप्रसारमा दिनरात खटिराखेको छु,’ उनले बताइन् । महिला एक जनामात्रै प्रमुखमा उम्मेदवार उठेकाबेला जितेर इतिहास रच्ने लक्ष्य रहेको उनले बताइन् ।
‘मलाई जिताएको खण्डमा पुरुष प्रतिनिधिहरुको तुलनामा नमुना काम गरेर देखाउनेछु, मेरो राजनीतिक थलो यहि हो, मलाई कुनै लोभलालचा छैन, सीप विकास निर्माण र न्यायका भोका जनताको सेवा गर्नुछ,’ उनको भनाई छ । उनको लक्ष्य छ । खुसी लागेको छ गर्न सक्छु । नमुना बनाएर देखाउछु । उनी आफु महिला भएकाले थिचोमिचोमा परिरहेका महिलालाई उकास्ने मुद्दालाई मुख्य एजेण्डा बनाएकी छन् । विकास, निर्माणका एजेण्डालाई प्राथमिकतामा राखेर भोट मागिरहेको बताइन् । ‘पार्टीले विश्वास गरेर नेतृत्वदायी क्षमतालाई हेरेर प्रमुख पद दिएको छ, साख जोगाउनका लागि दिलोज्यान दिएर लागेको छु,’ उनले भनिन् ।