मिथिलामा शान्तिपूर्वक मतदान सम्मन्न

|

ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा मतदान प्रक्रिया शान्तिपूर्वक सम्पन्न भएको छ । मतदान सम्पन्न पश्चात मत पेटिकाहरु मतगणनास्थल ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा ल्याउने क्रम जारी छ ।

सवै ठाउँको मत पेटिका आइसकेपछि मतगणना सुरु गरिने मिथिला नगरपालिकाको स्थानीय तह निर्वाचनको कार्यालयले जनाएको छ । कार्यालयले एक दुई ठाउँमा सामान्य त्रुटी बाहेक सवै ठाउँमा शान्तिपूर्वक मतदान भएको जानकारी दिए ।

मतदान प्रकृयाकै क्रममा दिउँसो हावाहुरीसहितको वर्षाका कारण केही स्थानमा अवेर साँझसम्म मतदान भएको थियो । मिथिला नगरपालिकाको वडा नं. ४ र वडा नं. ५ लगायत केही स्थानमा मतदान प्रकृया अवेर साँझसम्म चलेको थियो ।