बटेश्वरमा काँग्रेसको अग्रता

|

धनुषास्थित बटेश्वर गाउँपालिकामा नेपाली काँग्रेस दोब्बर मतले अग्र स्थानमा रहेको छ ।

शनिबार बिहानबाट सुरु भएको मतगणनाको परिणामअनुसार वडा नं. १ को मतपेटिकाबाट १३४ मत गन्दा नेपाली काँग्रेस ५८, एमाले २८, माओवादी ११, नेकपा एस ११, राप्रपा १०, जनमत ५ र लोसपाले ३ मत पाएको छ । मत मतगणना वडा नं. १ बाट सुरु गरिएको छ ।