
धनुषाको मिथिला नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं. १ बाट मतगणना सुरु गरिएको मिथिला नगरपालिकाको निर्वाचन कार्यालय जनाएको छ ।
शनिबार बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि उम्मेदवारहरुले मतगणना स्थलमा प्रतिनिधि उपस्थित गराउन ढिलाई गरेका कारण अहिले १२ः३० बजेबाट मतगणना सुर भएको छ । मतगणना ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा भइरहेको छ ।
मिथिला नगरपालिकामा ७१.२८ प्रतिशत मत खसेको छ । शान्तिपूर्ण वातावरणमा भएको मतदानमा ७१.२८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२९ हजार ७९५ कुल मतदाता रहेको मिथिला नगरपालिकामा २१ हजार २३९ मत खसेको निर्वाचन अधिकृत दिपक धितालले जनाए । ६४ वटा मतपेटिका रहेको छ ।