मिथिला नगरपालिका : पाँच सय मत गनिँदा काँग्रेसको बढ्त कायमै

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार महेन्द्र महतोले अग्रता लिएका छन् । सोही पार्टीका उपमेयर उम्मेदवार निर्मला कोइराला समेत अग्रता लिएकी छिन् ।

नगरपालिकाको वडा नम्बर १ ‘क र ख’ का गरी पाँच सय मत गनिँदा काँग्रेसका मेयर उम्मेदवार महतोले २२६ मत प्राप्त गरेका छन् भने काँग्रेसकै उपमेयर उम्मेदवार कोइरालाले २४६ मत पाएकी छिन् ।

नेकपा एमालेका मेयर उम्मेदवार राजाराम महतोले २०४ मत प्राप्त गरेका छन् । एमालेकी उपमेयर उम्मेदवार सुनिता सिंह बुढाथोकीले २०२ मत प्राप्त गरेकी छिन् ।

यस्तै वडा अध्यक्ष पदमा पनि काँग्रेसकै उम्मेदवार जोगी महतो अगाडि रहेका छन् । उनले २५१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार लक्ष्मी महतोले २०८ मत पाएको छ ।