
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार प्लानसहित निर्वाचित भएका छन् ।
मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसका जोगी महतो ७७ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन् ।
महतो निर्वाचित भएको वडा एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो । यस वडामा अधिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए ।
यस्तै मेयर र उपमेयरमा नेपाली काँग्रेका उम्मेदवार नै अग्रता कायम राखेका छन् । मेयर उम्मेदवार महेन्द्र महतोले ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराज महतो ६५९ मत ल्याएका छन् ।
यसैगरी, उपमेयरमा काँग्रेसकी निर्मला कोइराला ७२२ मत पाएकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालकी सुनिता सिंह बुढाथोकी ६५४ मत पाएकी छिन् ।