बटेश्वर गाउँपालिकामा रोकिएको मतगणना सहमति पश्चात् पुनः सुरु गरिँदै

|

धनुषाको बटेश्वर गाउँपालिका रोकिएको मतगणना सहमति पश्चात् पुनः हुने भएको छ ।
बटेश्वरको मतगणना राती १२ बजेदेखि रोकिएको छ । एउटै तथ्यांक दुई पटक इन्ट्री भएपछि सोही विषयलाई लिएर मतगणना प्रतिनिधिहरु असहमति जनाएपछि मतगणना रोकिएको थियो ।
बटेश्वर गाउँपालिकाको निर्वाचन अधिकृतका उद्धव ढोडारीले सामान्य प्राविधिक त्रुटी भएको र त्यसलाई सच्याउन काम समेत गरिसकेकोले मतगणना पुनः सुरु गर्न लागेको बताउनु भयो । उहाँले नौ बजेबाट पुनः मतगणना सुरु गर्ने जानकारी दिनुभयो ।