नौं घण्टापछि बटेश्वर गाउँपालिकाको मतगणना पुनः सुरु

|

ढल्केवर, धनुषा
धनुषाको बटेश्वर गाउँपालिकामा मतगणना पुनः सुरु गरिएको छ । बटेश्वरमा आइतबार राती १२ बजेदेखि मतगणना स्थगित गरिएको थियो । कम्प्युटर प्राविधिकले एउटै तथ्याङ्क कम्प्युटरमा दुई चोटी इन्ट्री गरेपछि मतगणना कार्य स्थगित गरिएको थियो ।
कम्प्युटरमा इन्ट्री गरिएको तथ्याङ्क सच्याएपछि सोमबार बिहान नौं बजेबाट मतगणना पुनः सुरु गरिएको छ ।
बटेश्वर गाउँपालिकाको निर्वाचन अधिकृत उद्धव ढोडारीले कम्प्युटरमा एउटै परिणाम दुई पटक प्रविष्ठि भएपछि केही बेरका लागि रोकिएको मतगणना पुन ः सुरु भइसकेको बताउनुभयो । मतगणना प्रतिनिधिहरुले पनि नियमित काममा खटिएकाले थकान तथा अनिदोका कारण त्यस्तो भएको जानकारी दिनुभयो ।
बटेश्वर गाउँपालिकामा १० हजार ४६४ जम्मा मतदान भएको छ जसमध्ये तीन हजार ३७१ मतगणना भइसकेको छ ।
मतगणना अनुसार नेपालीका काँग्रेसबाट गाउँपालिकाको अध्यक्ष उम्मेदवार रामअशिष महतो एक हजार ३५० मत प्राप्त गरेर अग्रस्थानमा छ । उहाँ निकटतम प्रतिद्वन्दीमा नेकपा एमालेका श्यामबाबू महतो ६१५ मत पाएको छ । यस्तै, नेकपा एकिकृत समाजवादीका रामप्रवोध महतोले ४८५ मत पाएको छ ।
बटेश्वर गाउँपालिकामा सोमबार बिहान ९ बजेसम्मको मतपरिणाम
अध्यक्ष        उपाध्यक्ष        वडाध्यक्ष (वडा नं.२को)
सुर्य                 ६१५            ७१५             २५०
रुख                १३५०           ९५१              २६०
हँसियाहथोडा    २८०            ४०४               ९५
छाता             २७               ३२                  १०५
साइकल         ६८             ४४                   १२
कलम           ४८५           ६१९                  ४२५
हलो              ८६            ४०                   १
हरन             १२७          १८८                 १६०