मिथिला नगरपालिका ३ मा एमाले विजयी

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा वडा नं. ३ मा नेकपा एमाले प्लानसहित विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रामएकवाल महतो १५० मतान्तरले निर्वाचित भएका हुन् ।

उनले एक हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका रामउद्गार महताले ९१९ मत पाएका छन् । वडा नं. ३ मा जम्मा दुई हजार ६१९ मत खसेको थियो ।