मिथिला नगरपालिका ५ मा एकीकृत समाजवादी विजयी

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार रामउद्गार महतो १२६ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५४६ मत ल्याएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामेश्वर महतोले ३२० मत पाएका छन् ।

रामउद्गार वडामा निर्वाचित भएसँगै मिथिला नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुनेको संख्या दुई पुगेको छ । यस अघि वडा नम्बर २ मा बिहिारी महतो निर्वाचित भएका छन् ।