
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो कार्यक्रम आयोजना गरी निर्वाचित सबै जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्वाचत अधिकृत दिपक धितालले प्रमाणपत्र वितरण कार्यक्रममा उपस्थित नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो । निर्वाचित सबै पदाधिकारीलाई बोलाइएको भएपनि कतिपय निर्वाचित पदाधिकारी उपस्थित हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित उपप्रमुख सुनिता सिंह बुढाथोकी र वडा अध्यक्ष तथा सदस्यहरुलाई प्रदान गरिएको छ । छुटेकाहरुलाई यही कार्यालयबाट प्रमाणपत्र प्रदान गरिने निर्वाचन अधिकृत धितालले भन्नुभयो
निर्वाचित जनिप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंह, नकटाझिजस्थित सशस्त्र प्रहरी बल वेस क्याम्पसका प्रहरी निरीक्षक रमेश रेग्मीलगायत निर्वाचन कार्यालयका कर्मचारीको उपस्थिति थियो ।
मिथिला नगरपालिकामा मतगणना शुक्रबार दिउँसो सकिएको थियो ।