मनरासिस्वाका नवनिर्वाचित जनप्रतिनिधिले सम्भाले पदभार

|

ढल्केवर, धनुषा

महोत्तरीको मनरासिस्वा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख मोहन पाण्डेयले पारदर्शी, अनुशासित र व्यवस्थित ढङ्गबाट नगरपालिकाको कामकाजलाई अगाडि बढाउने बताउनुभएको छ । उहाँले सोमबार नगरपालिकाको सभाकक्षमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण समारोहमा सो कुरा बोल्नुभएको हो ।

कार्यक्रमको अध्यक्षसमेत रहनुभएका नवनिर्वाचित नगर प्रमुख पाण्डेयले पुन निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिको अनुभव र नयाँ निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिको जोस जाँगरलाई समिश्रण गरेर नगरपालिकाको समग्र क्षेत्रको विकासमा सार्थक परिणाम ल्याउने सकिने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा उपप्रमुख सकुन्तला देवीसँगै वडाध्यक्ष तथा सदस्यहरुले सपथ ग्रहण गर्नुभयो । उहाँहरुलाई नगर प्रमुख पाण्डेयले सपथ ग्रहण गराउनु भएको थियो । नगर प्रमुख पाण्डेयलाई जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जलेश्वरमा सपथ ग्रहण गराउनु भएको थियो ।


सपथ ग्रहण समारोहमा मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणजितकुमार यादवले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गर्दै सबै राजनीतिक दलहरुको सुझाव र सल्लाह लिएर जनताको मन जित्न गरी यहाँको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

मनरासिस्वा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका पाण्डेय ९६४ मतान्तरले विजयी भएका हुन् । उहाँले पाँच हजार ८८४ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी जनता समाजवादीका महेन्द्र यादवले चार हजार ९२० मत पाएका छन् ।

मेयरमा कांग्रेसका मोहन पाण्डेयले ९६४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५ हमार ८८४ मत ल्याएका छन् ।

यस्तै निवर्तमान मेयरसमेत रहेका लोसपाका संजयकुमार सिंहले दुई हजार ७७२ मत पाए । ७४ सालको निर्वाचनमा उहाँ तत्कालिन राजपाबाट नगर प्रमुख जित्नुभएको थियो ।

उपमेयरमा नेपाली कांग्रेसकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी भएकी छन् । उहाँको निकटतम प्रतिस्पर्धी जसपाकी निर्माला देवी सिंह चार हजार ८४२ मत ल्याएकी छन् ।