बर्दिवास विकासका लागि मधेस सरकार गम्भीर छ : अर्थमन्त्री साह

|

ढल्केवर, धनुषा

मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले महोत्तरीस्थित बर्दिवास नगरपालिकाको विकासका लागि मधेस सरकार गम्भीर रहेको बताउनु भएको छ ।

उहाँले बर्दिवास नगरपालिकमा स्वतन्त्रबाट नगर प्रमुखमा निर्वाचित हुनु भएका प्रल्हादकुमार क्षेत्रीलाई जितको शुभकामना दिनुहुँदै सो कुरा बताउनु भएको हो ।

विशेष कामले बर्दिवास पुग्नु भएका अर्थमन्त्री साहले नवनिर्वाचित नगर प्रमुख क्षेत्रीलाई भेटेर शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित नगर प्रमुख क्षेत्रीलाई भेटेर शुभकामना दिने क्रममा अर्थमन्त्री साहले बर्दिवासका जनताले विकासको अनुभूति हुने खालको दिर्घकालिन योजना बनाएर मन्त्रालयमा पेश गर्न आग्रससमेत गर्नुभयो ।

सोही अवसरमा उहाँले बर्दिबास विकासका लागि यस अघिका नगर प्रमुख बिदुरकुमार कार्कीलाई टेलिफोन सम्पर्क गरेर योजनाहरु पेश गर्न भनेको भएपनि उहाँले वेवास्ता गरेको भन्नुभयो ।

मधेस प्रदेशको मध्यभाग पर्ने तथा विकसित शहरको रुप लिँदै गएको बर्दिवासमा थुप्रै विकासका कामहरु गर्ने चाहना प्रदेश सरकारको रहेको मन्त्री साहले जानकारी दिनुभयो ।