
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख महेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गर्ने भएको छ । सपथ ग्रहण गरेको तीन दिनपछि नवनिर्वाचित नगर प्रमुख महतो कार्यभार सम्भालन लागेका हो ।
नगर प्रमुख महतोलाई गएको मङ्लबार जिल्ला निर्वाचन कार्यालय धनुषाले जनकपुरमा सपथ ग्रहण गराएका थिए ।
पदभार सम्भाले लगतै नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराउने बुझिएको छ । सपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले उपप्रमुखसहित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ ।
सपथ ग्रहण कार्यक्रममा मिथिला नगरपालिकाको कार्यालय परिसरमा शुक्रबार बिहान ११ बजे राखिएको छ ।