काँग्रेसका सहमहामन्त्री यादवको निर्वाचन क्षेत्रमा पर्ने छ मध्ये पाँच पालिकामा काँग्रेसको जित

|

ढल्केवर, धनुषा

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको निर्वाचन क्षेत्रमा पर्ने छ वटा पालिकामध्ये पाँचवटामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । धनुषाको निर्वाचन क्षेत्र नं. ४ उहाँको निर्वाचन क्षेत्र हो ।

सहमहामन्त्री यादवको यस निर्वाचन क्षेत्रमा हँसपुर, मिथिला बिहारी, क्षीरेश्वरनाथ, मिथिला नगरपालिका र बटेश्वर तथा लक्ष्मिनियाँ गाउँपालिका छ वटा पालिका पर्दछ । जसमध्ये भर्खर सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिका बाहेक सबै पालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

हँसपुरमा प्रदिपकुमार यादव, मिथिला बिहारीमा राजेन्द्रप्रसाद यादव, मिथिला नगरपालिकामा महेन्द्र महतो र बटेश्वर गाउँपालिकामा रामअशिष महतो, लक्ष्मिनियाँ गाउँपालिकामा भोगेन्द्र मिश्र नेपाली काँग्रेसबाट विजयी भएका छन् भने क्षीरेश्वरनाथ नगरपालिकामा मात्र नेकपा एमालेका उम्मेदवार सुखदेव यादव विजयी भएको छ ।

यसअघि पहिलो चरणको स्थानीय तहको निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिकामा मात्र नेपाली काँग्रेसका उम्मेदवार यागेन्द्रप्रसाद पञ्यिार निर्वाचित भएका थिए । हँसपुरमा तत्कालिन राजपा नेपाल, मिथिला बिहारी, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार क्रमश ः अनिलकुमार यादव, हरिनारायण महतो र गणेशबहादुर क्षत्री राउत निर्वाचित भएका थिए ।

तत्कालिन खानेपाली तथा सरसफाई मन्त्रीसमेत रहनुभएका काँग्रेसका सहमहामन्त्री यादव २०७४ मा भएकोे प्रतिनिधिसभा सदस्यको चुनावमा धनुषा ४ नं. क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

यसैगरी धनुषाको १८ वटा पालिकामध्ये १० वटामा नेपाली काँग्रेस विजयी भएका छन् । जिल्लामा