वृक्षरोपण गरी पदभार ग्रहण

|

ढल्केवर, धनुषा

धनुषास्थित मिथिला नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख महेन्द्र महतोले वृक्षरोपण तथा सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमबाट पठनपाठन गराउने निर्णय गर्दै पदभार सँभालेका छन् ।

शुक्रबार पदभार सँभालेका नवनिर्वाचित नगर प्रमुख महतोले सयम अनूकुल गुणस्तरीय शिक्षा प्रदान गर्न मिथिला नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अँग्रेजी माध्यमबाट पठपाठन गराउन तथा पर्यावरण संरक्षणमा नगरपालिकाको जोड रहने सङ्केत दिन वृक्षरोपण गरिएको हो ।

नगर प्रमुख महतोले गाडी सुविधा तथा पारिश्रमिक भत्ता समेत नलिने घोषणा गरे । पदभार सँभाले पश्चात आयोजिन नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण कार्यक्रममा उनले गाडी सुविधा तथा पारिश्रमिक भत्ता नलिने घोषणा गरेका हुन् ।

नगर प्रमुख महतोले शुक्रबारै नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।