बलात्कार घटनामा संलग्न आरोपमा एक जना पक्राउ

|

ढल्केवर, धनुषा

इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले सामूहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको नाम ठेगाना तत्काल सार्वजनिक गर्न नमिल्ने इलका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए । सामूहिक बलात्कार घटनामा संलग्न पाँचजना मध्ये एक जना मात्र पक्राउ परेको छ । अरु फरार छ । फरार रहेकालाई पक्राउ गर्न तथा अनुसन्धान प्रक्रिया प्रभावित हुने हुँदा नाम सार्वजनिक गर्न नमिल्ने उनले जानकारी दिए ।

पीडित पक्षले चारजनाको नाम ठेगाना र एकजना पहिचान नखुलेको व्यहोरासहित किटानी जाहेरी दिएको छ । पीडित पक्षले गत चैत १ गते मिथिला नगरपालिका–५ स्थित एक होटलमा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लगाएको छ ।
पीडित पक्षले जेठ ३ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका छन् ।

प्रहरी निरीक्षक सिंहले केही अनलाइन पत्रिकामा समाचार प्रकाशन भएजस्तो चारजनालाई प्रहरी पक्राउ नगरेको बताउँदै पाँचजनामध्ये एक जना पक्राउ गरेको बाँकी चार जना फरार रहेको छ ।

फरार आरोपितहरुलाई पक्राउ गर्न खोजतलास जारी राखिएको छ । प्रहरी नियन्त्रणमा रहेको आरोपितलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।