
ढल्केवर, धनुषा
जिल्ला प्रहरी कार्यालय धनुषाले जुवा मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय कैलाश चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई जिल्ला अदालत धनुषाले जुवा मुद्दामा पचास हजार रुपियाँ जरिवाना ताकेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले जनकपुरको स्टेशन एरियाबाट पक्राउ गरेको छ ।
चौधरीलाई प्रहरीले सोमबार धनुषा जिल्ला अदालत पेश गरेको छ । फैला कार्यन्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाउको छ ।