
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका देवराज घिमिरेले आफ्नो जन्मदिनको अवसरमा बाल आश्रमका बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
दारी ग्याङ समूहका मधेश प्रदेश संयाजकसमेत रहेका घिमिरेले मंगलबार कबिर बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई नगद ५५५५ रुपियाँ नगद आर्थिक सहयोग प्रदान गरेको हो । उनले कबिर बाल आश्रमको शाखा बाल आश्रम मिथिला नगरपालिका–३ हरिहरपुर पुगेर बाल आश्रमका सञ्चालक सो सहयोग प्रदान गरे ।
जन्मदिनको अवसरमा अनावश्यक फुजल खर्च गर्नुभन्दा अनाथ बालबालिकालाई थोरै भएपनि सहयोग प्रदान गर्नु राम्रो लागेर बाल आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको घिमिरेले बताए । उनले अघिल्लो जन्मदिनको अवसरहरुमा पनि विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए ।
बालआश्रममा अहिले १४ जना अनाथ बालबालिका छन् । जसमध्ये १० जना बालबालिका विद्यालय पढिरहेका छन् । चार जना बालबालिका सानै भएकाले आश्रमै छन् ।
समाजिक अभियन्तासमेत रहनुभएका बालआश्रमका सञ्चालक आलोकले फालिएका शिशूलाई पालपोषण गर्दै आएको छ ।