ढल्केवरमा २४ औं घण्टा आकस्मिक उपचार सेवासहितको अस्पताल सञ्चालन गर्न माग

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा २४ औं घण्टा आकस्मिक उपचार सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन माग गरिएको छ ।
मिथिला नगरपालिकाभित्र घर भई विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सहरुको एक समूहले ढल्केवरमा रहेको स्वास्थ चौकीलाई स्तरोन्नती गरी २४ औं घण्टा आकस्मिक उपचार सेवासहित १० शैंय्याको अस्पताल सञ्चालनमा ल्याउन माग गर्नुभएको हो ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको तथा मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार ढल्केवरमा एउटा पनि आकस्मिक उपचार सेवा प्रदान गर्ने अस्पताल नभएकोले सडक दुर्घटनाका घाइते तथा गर्भवती महिला आकस्मिक उपचार नपाएर अकालमै मृत्यु हुने गरेको छ ।

आकस्मिक तथा सामान्य उपचारका लागि पनि ढाटाको अस्पतालमा बिरामीलाई जानु नपरोस् भनेर ढल्केवर स्वास्थ चौकीमा एकजना एमबिबिएस डाक्टरको दरबन्दी कायम गरेर तथा एक्सरे, ल्याबसमेतको व्यवस्थापन गरी २४ औं घण्टा सेवा सुविधा उपलब्ध गराउन मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोलाई ज्ञापनपत्रसमेत बुझाएको अस्पताल माग गरिरहेको समूहका संयोज सञ्जय यादवले बताउनुभयो । उहाँले समूहमा रहेका चिकित्सहरुले स्यवम् सेवकरुपमा सो अस्पतालमा सहयोग गर्नसमेत तयार रहेको जानकारी दिनुभयो ।

यता मिथिला नगरपालिकाका नगर प्रमुह महतोले ज्ञापनपत्र बुभ्mनु हुँदै तथा सल्लाह सुझावको सराहना गर्नुहुँदै तत्कालै ढल्केवरस्थित स्वास्थ चौकीमा पुगेर स्वाथ्य चौकको अवस्थाबारे जानकारी लिनुभयो । जानकारी लिनु हुँदै उहाँले चिकित्सक समूहले दिएको सल्लाहअनुसार प्रक्रिया चाँडै अगाडि बढाइने बताउनुभयो ।