विश्व वातारण दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षरोपण

|

ढल्केवर, धनुषा

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर वृक्षरोपण गरिएको हो ।

युरोपियन युनियन, अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास महोत्तरी र मिथिला नगरपालिकाको संयुक्ता आयोजना एवं लिरिक परियोजना अन्तर्गत विद्यालय परिसरमा एक सय थान विभिन्न प्रजातिको बिरुवा रोपिएको छ ।

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले रुख रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख महतोले पर्यावरण संरक्षण कार्यमा जुट्नु आवश्यक भइसकेको बताए । उनले धुलो, धुवाँ र वन विनासका कारणले वायु प्रदुषण बढ्दै गएको र प्रदुषण घटाउन रुख बिरुवा रोप्नु अनिवार्य भएको बताए ।

यसैगरी कार्यक्रममा मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले अहिले बाटै पर्यावरण जोगाउने तर्फ लागे नौं भने आउने पुस्ताले धिकार्ने बताइन् ।

कार्यक्रममा मिथिला नगरपालिका–३ का वडाध्यक्ष रामएकवाल महतो, आड्रा नेपालका प्रतिनिधि शिवजी महतो, पैरवी मञ्चका प्रतिनिधि किसनदेव सुनरैत,  रुपान्तरत्रणका प्रतिनिधि बिराट पन्थलगायत विद्यालयका शिक्षक तथा स्थानीयवासीको उपस्थित थियो ।