ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा समाजिक सुधार ल्याउन सामुदायिक संस्था गठन गरिएको छ ।
आइतबार गाउँका समाजसेवी अजबलाल महतोको अध्यक्षतामा बसेको गाउँ भेलाले हरिहरपुर सामुदायिक संस्था नेपाल नाम दिएर समाजिक संस्था गठन गरिएको हो ।
भेलाले अध्यक्षमा उपेन्द्र महतोको संयोजकत्वमा नौं सदस्य समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रोशन खातुन, सचिव मनोजकुमार महतो, सह–सचिव रिणा सादा, कोषाध्यक्ष धिरेन्द्रकुमार महतो र सदस्यहरुमा दिलबहादुर पाख्रिन, धर्मेन्द्र कुशवाहा, शशीकुमार यादव, रामदुलारी कुमारी महतो, सुनिताकुमारी महतो र विनयकुमार महतो रहेका छन् ।
नवगठित समिति सामुदायिक संस्थाले जनसभागिता जुटाएर वातावरण स्वच्छ र सफा राख्न चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने । जाडरक्सी तथा मादक पदार्थ सेवन गरी समाजमा विकृत पु¥याउने व्यक्तिलाई जनचेतनाको माध्यमबाट सचेत गराउने । छुवाछुत, बालविवाहविरुद्ध चेतना मुलक जस्ता समाजिक कार्य गर्ने बताइएको छ ।