पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकको भरमा राजर्षि जनक विश्वविद्यालयको पठनपाठन

|

राजर्षि जनक विश्वविद्यालय : करारका शिक्षक नीजिमा व्यस्त, पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकको भरमा राजर्षि जनक विश्वविद्यालयको पठनपाठन

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको पठनपाठन पेपर कार्स कन्ट्रयाक्ट शिक्षकहरुको भर चलेको छ । करारका शिक्षकहरु संस्थागत विद्यालयमा सयम दिन थालेपछि राजर्षि जनक विश्वविद्यालयको पठनपाठन पेपर कोर्स शिक्षकको भरमा चलेको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षा प्रदान गर्न स्थापना गरिएको यस विश्वविद्यालयमा पाँच जना करारमा नियुक्त गरिएका शिक्षकहरु छन् । ति शिक्षकहरुले विश्वविद्यालयमा पढाउनुको साटो पुरै समय संस्थागत विद्यालयमा पढाउने गरेका छन् ।

विश्वविद्यालयको पठनपाठनलाई लथालिङ्ग बनाएर निजी विद्यालयमा पढाउने गरेको भएपनि ति करारका शिक्षकहरुलाई कारवाही गर्न विश्वविद्यालय प्रशासन अग्रसर देखिएका छैन । करारका शिक्षकहरु विश्वविद्यालयलाई तलब खाने भाडोको रुपमा प्रयोग गर्दै आएको एक जना विद्यार्थीले बताए ।

ति विद्यार्थीका अनुसार पढाइको स्तर खस्कदै गएको र करारका एउटा पनि शिक्षक पढाउन नआउने गरेको जानकारी विश्वविद्यालयका भिसि र रजिस्ट्रारले गराएको भएपनि कुनै पहल नगरेको जानकारी दिए । ति विद्यार्थीहरुको कथनअुनसार करारका शिक्षकहरु भिसि र रजिष्ट्रारको आफन्तहरु नै भएकाले केही मतलब नगरेको सुनाए ।

अहिले सबै विषय पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले पढाउने गरेको छ, नाम उल्लेख नगर्ने शर्तमा ति विद्यार्थीले भने । उनीहरुले भने, पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरु नभइदिएको भए यहाँको पठनपाठन शुल्य हुने थियो ।

यता पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकहरुले नै सम्पूण विषय अध्यापन गराउँदै आइरहेको पेपेर कोर्स कन्ट्रयाक्ट शिक्षक संघका सभापती दिलिप यादवले बताए । उनले भने, हामी पेपर कोर्स कन्ट्रयाक्ट शिक्षकलाई हेयको दृष्टिले हेर्छन । जब कि विश्वविद्यालय हाम्रै भरमा चलेको छ । अहिले हामी संलग्न रहेको संकायमा नयाँ नामाङ्कन गराउने विद्यार्थीको चाप छ । करार र स्थायी शिक्षकहरुको बाहुल्यता रहेको संकायमा भने दिन प्रतिदिन विद्यार्थीको संख्या घटिरहेको छ, सभापति यादवले भने ।

उनले संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुलाई विश्वविद्यालय प्रशासनले कारवाहीको दायरामा ल्याउन माग समेत गरे ।