ढल्केवर, धनुषा
तनाव व्यवस्थापन गर्न विद्यार्थीलाई मनोसमाजिक सु–स्वास्थयका विषयमा शिक्षा प्रदान गरिएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयका कक्षा नौंका विद्यार्थीलाई सो शिक्षा प्रदान गरिएको हो ।
टिपिओ नेपालको आयोजनामा एक दिन मनोसमाजिक सु–स्वास्थयका विषयमा शिक्षा सञ्चालन गरिएको थियो । मनोसमाजिक परामर्शकर्ता बिना कडारीले मनोसमाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, तनाव र तनाव ब्यवस्थापनका सवालमा विद्यार्थीलाई जानकारी गराउनु भएको थियो ।
मनोविमर्श भनेको के हो, मनोपरामर्श किन आवश्यक छ, मनोसमाजिक समस्याका लक्षणहरु र मनोसमाजिक समस्या भयो भने के गर्ने जस्ता विषयमा जानकारी गराएको उहाँले मनोविमर्शकर्ता कडारीले बताउनुभयो ।