
ढल्केवर, धनुषा
नेपाल पर्यटन विभागले धनुषाको मिथिला नगरपालिका–७ मा रहेको पर्यटन क्षेत्र मिथिला सागरमा ३० थान (थ्री सिटर) कुर्सी उपलब्ध गराएको छ । पर्यटन विभागले पाँच लाख मूल्यको लागत सिमेन्टले बनेको तथा तीन जनासम्म बस्ने सक्ने (थ्री सिटर)े कुर्सी उपलब्ध गराएको हो ।
मिथिला नगरपालिकाका इन्जिनीयर गणेश महतोले पर्यटन विभागबाट पाँच लाख मूल्य बराबरको सिमेन्टले बनेको तीन जनासम्म बस्ने सक्ने (थ्री सिटर) किुर्सी उपलब्ध गराएको बताए । उनले ति कुर्सीहरुमध्ये १५ वटा मिथिला सागर पोखरीको छेउ–छेउमा राखिने र बाँकी पिकनिक स्थलमा राखिने जानकारी दिए ।
सो कुसीहरु मिथिला नगरपालिका–६ ढल्केवरका स्थायी वासिन्दा तथा नेपाल पर्यटन विभागका सदस्यसमेत रहेका बलिराम दालको पहलमा उपलब्ध भएको हो ।
पर्यटन विभागका सदस्य दासले यस पर्यटन क्षेत्रलाई थप आकर्षक देखाउन र यहाँ घुम्न आउने पर्यटनको सुविधाका लागि यो कुर्सीहरु उपलब्ध गराएको बताए । उनले केही महिनाभित्र दुई थान नाउ पनि उपलब्ध गराउने जानकारी दिए ।