विदेशी विशेषज्ञ डाक्टरको सहभागितामा निःशुल्क स्वास्थय शिविर, तीनसय बढीले गराए जाँच

|

ढल्केवर, धनुषा

महोत्तरीको भङ्गहा नगरपालिकामा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनुषास्थित जानकी मेडिकल कलेज, इजरायलको नेपालस्थित राजदूतावास र टेल अभिभ सौरस्काइ मेडिकल सेन्टर इचिलोभ हस्पिटलको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा स्त्रीरोग, बालरोग, हार्डजोर्नी, फोक्सो, क्यान्सर, र आँखाका बिरामीको परिक्षण उपचार गरिएको थियो ।

आयोजकले शिविर स्थलमै स्वास्थय जाँचका लागि आधुनिक उपकरण, ल्याब र एक्सरे मेशिनसमेत राखेर स्वास्थ्य परिक्षण गरेको । शिविरमा तीन सयभन्दा बढी मानिसको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणको क्रममा स्वास्थ्य अवस्था खराब भेटिएकाहरुलाई औषधि र चस्मासमेत निःशुल्क दिइएको थियो ।

शिविरमा मेडिकल कलेजका प्रतिष्ठित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीसँगै इजरायलका नौं जना विशेषज्ञ डाक्टरको सहभागिता थियो ।

जानकी मेडिकल कलेजका निर्देशक रामप्रसाद उप्रेतीले शिविरबाट नागरिककले गुणस्तरीय सेवा पाउनुका साथै नेपाल र इजरायलको सम्बन्धमा थप उचाई प्रदान गर्ने बताए । उनले विभिन्न कारणले अस्पतालसम्म पुग्न नसेकर तथा रोग पालेर बसेकाहरुलाई सहयोग पुगेको जानकारी दिए ।

मेडिकल कलेजका निर्देशक उप्रेतीले शिविरको आयोजना गरेर समुचित उपचारबाट बञ्चित रहेका महिला, पुरुष र बालबालिकालाई उपचार गरी औषधीसमेत उपलब्ध गराएको भने ।