किसानलाई बिरुवा वितरण

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका किसानलाई बिरुवा वितरण गरिएको छ । मिथिला नगरपालिकाका प्रत्यासी मेयर तथा जनमत पार्टीका नगर अध्यक्ष सरोजकुमार सिंहले बुधबार पाँच सय विभिन्न प्रजातिका बिरुवा वितरण गरेको हो ।

खाली जग्गामा बिरुवा रोप्न किसानलाई बिरुवा वितरण गरेको प्रत्यासी मेयर सिंहले बताए । उनले वन कार्यालयको सहयोगमा काठ तथा फलफूलजन्य पाँच सय बिरुवा वितरण गरेको जनाए ।

प्रत्यासी मेयर सिंहले वन विनासले बढ्दै गइरहेको क्षयीकरण रोक्न र पर्यावरणमा सुधार आउने हुँदा बिरुवा वितरण गरेको भने । उनले आवश्यकता अनुसार थप बिरुवा ल्याएर वितरण गर्ने पनि जनाए ।