धनुषा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघमा पुरानै कार्यसमितिलाई निरन्तरता

|

ढल्केवर, धनुषा
धनुषा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ धनुषाको पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ । शनिबार ढल्केवरस्थित कोमल होटलको सभाकक्ष सम्पन्न संघको प्रथम साधारण एवं अधिवेशनले शुशिल यादवको अध्यक्षतामा पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको हो ।
सम्पन्न साधारणसभाका प्रमुख अथिति तथा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीले सम्मानपूर्वक व्यवसाय गर्न पाउनु पर्ने बताए ।
साधारण सभामा मिथिाला उद्योग बाणिज्य संघ ढल्केवर धनुषाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।