बुवाको पुण्य तिथिमा दन्त शिविर तथा वृद्धवृद्धालाई सम्मान

|

ढल्केवर, धनुषा

धनुषाको लालगढमा एक दिने दन्त शिविर तथा वृद्धवृद्धालाई सम्मान गरिएको छ । दन्त चिकित्ससमेत रहेका लालगढका पुष्कर काफ्लेले स्वर्गीय पिता गुप्तप्रसाद काफ्लेको पुण्य तिथिको अवसरमा दन्त शिविर तथा वृद्धवृद्धालाई सम्मान गरेको हो ।

सुलभ बचत तथा ऋण सहकारी संस्था, जम्काभेट पुस्तकालय र लालगढ सामुदायिक वन उपभोक्ता समितिको सहयोग ५६ जना वृद्धवृद्धालाई दोसल्ला ओढार सम्मान गरिएको तथा दुई सय जनाले दन्त शिविरबाट लाभ लिएको छ ।

दन्त चिकित्सका काफ्लेले शिविरमा दन्त समस्याका दुई सय जनाको जाँच गरिएको मध्ये ३५ जनाको दाँतमा समस्या देखिएकाले दाँत झिकेर निःशुल्क औषधी दिएको बताए । त्यस्तै ६ जना अपाङ्गता भएका व्यक्तिलाई जुत्ता वितरण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार बुवाको पुण्यतिथि अवसरमा विगत तीन वर्षदेखि विपन्नलाई लत्ताकपडा वितरण गर्ने, वृद्धवृद्धालाई सम्मान र निःशुल्क दन्त शिविर चलाउँदै आएको छ ।

सो दन्त शिविर तथा वृद्धवृद्धालाई सम्मान कार्यक्रममा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी, वडा अध्यक्ष सबिन विक्रम थापालगायत स्थानीयको उपस्थिति रहेको थियो ।